aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बाजुरामा एमालेका थापालाई पछि पार्दै पाण्डेको अग्रता कायमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ मंसिर २०७९
बाजुरामा एमालेका थापालाई पछि पार्दै पाण्डेको अग्रता कायमै

काठमाडौं । बाजुरामा नेकपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका पाण्डेले एमालेका उम्मेदवार कर्णबहादुर थापासँगको मतान्तर कायम राखेका हुन् । 

पाण्डेले २६ हजार ९ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले २​३ हजार २०८ मत प्राप्त गरेका छन् । पाण्डे एमाले उम्मेदवार थापाभन्दा ३ हजार ७७८ मतान्तरले अगाडि छन् ।  

प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाही निर्वाचित भएका छन् भने  प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीको अग्रता छ ।   

प्रतिक्रिया दिनुहोस