aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

कुकुरका विशेषता यस्तासम्म रहेका छन्

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, १८ मंसिर २०७९
कुकुरका विशेषता यस्तासम्म रहेका छन्

काठमाडौं । कुकुरको औषधि कुनै कुनै नेपालमै बन्छ । धेरैजसो विदेशबाटै झिकाउनुपर्छ । स्वस्थ कुकुरले प्रतिदिन एक सय रुपैयाँदेखि एक हजारसम्मको खानेकुरा खान्छन् । बिरामी हुँदा त हो, सद्धे हुँदा पनि आफ्नै सात महनाको नातिनातिनालाई जस्तै ‘बुबुमाम खाउ बाबा’ भनेर हातले कोच्याउनुपर्छ । कतिपयले त चम्चाले पनि खुवाएको देखिन्छ । कुकुरको आयु घटीमा १२ वर्षदेखि बढीमा २२ वर्षसम्म हुन्छ । नेपालमा बसोबास गर्ने नेपाली वा विदेशी नागरिकले कुनै कारण नेपाल छोडी अन्य देशमा बस्न जानु परेमा आफूले पालेका कुकुर लिएर जाने गरेका छन् ।

पाल्दाको फाइदा ल घरका मान्छे नहुँदा नचिनेका मान्छेलाई पस्न दिँदैनन् । घरमा भएका सरसामानको रक्षा गर्छन् । राति मालिक सुत्ने बेला पालेका कुकुर छोडी दिएपछि घरवरिपरि घुम्दै भुक्दै नराम्रो विचारले आउने मान्छे लखेट्छ । तालिम दिएका कुकुरले मालिकले जे भन्यो, त्यही गर्छ । बिहानीबेलुकीको हिँडाइमा जाँदा कसैले आफूले पालेका कुकुर साथै लिएर जाने गरेको पनि देखिन्त । त्यस्तो अवस्थामा वा घरमा बस्दा पनि यदि कुनै व्यक्तिले आफ्नो मालिकलाई हातपात गरेको देख्यो भने त्यो कुकुरले ती अन्य व्यक्तिलाई टोकेर भगाउँछन् ।

पञ्चायतकालमा कानपाले ‘भुस्याहा कुकुर’लाई विषादी खुवाएर मार्ने गरिन्थ्यो । पछिल्ला दिन यसरी कुकुर मार्ने गरिएको छैन । पोथी कुकुरले एकपटक व्याउँदा कम्तीमा दुई र बढीमा ९ वटासम्म छाउराछाउरी जन्माउँछन् । हाम्रो पालामा कात्तिकमा गर्भधारण गरेर पुसमा मात्रै व्याउने गर्थे । आजकल कति व्याप्त हुँदै गएर वर्षमा दुई पल्ट व्याउन थालेका छन् ।

त्यसैले यी कुकुर धेरै नै फैलिएका छन् । मान्छेलाई जस्तै कुकुरलाई पनि साथ सहयोग चाहिनेरहेछ । यिनीहरू गल्ली, सडक, चोकमा चाररपाँच, ६र७ वटा झुण्डझुण्ड भएर बस्छन् । बिहानीको हिँडाइमा जाँदा उनीहरू बसेको ठाउँमा एकलै भइयो भने स्यालको जस्तै टाउकाले पृथ्वीमा थुतुनो गाडेर ‘हुइँया हो हो हो’ भनेर कराएपछि एकैदिनमा धेरै स्याल जम्मा हुन्छन् । एउटा भुकेर झम्टेपछि त्यहाँ भएका सबै कुकुर आक्रमण गर्न आउँछन् । उनीहरूको भाषा बुझेर टाढाटाढाबाट अन्य कुकुर पनि आइपुग्छन् । लठ्ठी लगेको छैन भने त ज्यानै जोगाउन मुस्किल पर्छ । जोगी संन्यासीलाई पनि त्यस्तै आपत पर्छ ।

साइकल र मोटरसाइकल चढेर ओहोरदोहोर गर्ने मान्छेलाई झम्टिएर पछिपछि लाग्छन् । सवारी चालक आत्तिन्छन् र कहिलेकाहीँ त दुर्घटनासमेत हुने गरेको छ । राति ती कुकुर झगडा गर्दा ध्वनि प्रदूषण हुन्छ ।

मान्छेको रक्तचाप बढ्छ र मुटुको धड्कन बढ्छ । मुटुरोगी डराउँछन् भने कतिपयको निद्रासमेत भंग हुने गरेको छ । बाटोमा हिँड्दा बहुलाएको कुकुरले टोकेको पनि हुनसक्छ, त्यस्तो बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गएर रेबिज भ्याक्सिनको सुईं लगाउनुपर्ने हुन्छ । अवस्था हेरिकन ३ देखि ५ डोज दिनुपर्छ । त्यहाँ ३ वटा मात्र निःशुल्क पाइन्छ । घाउ ठूलो छ भने दुखाइ कम गर्नका निम्ति खाने औषधि पनि दिनुपर्ने हुन्छ, एन्टिसेरा पनि दिन सकिन्छ ।

अर्को चाखलाग्दो कुरा पोथी कुकुर एउटी हुन्छे, भाले धेरै हुन्छन् । उसको प्रेमिकालाई देखाउन दादागिरी पल्टेर मान्छे वा पशुलाई टोक्न गइहाल्छ । कामनपा ‘मनुमित्र’ भन्ने शाखाबाट मात्रै ६ हजार कुकुरलाई बन्ध्याकरण गरिएको छ भने दुई हजारलाई एन्टिरेबिजको सुईं लगाएर छोडिएको छ । यस्तो अस्पताल नेपालभरमा १५र१६ वटा भएकामा बन्ध्याकरण र अन्य रोगको पनि उपचार गर्ने गरेको पाइन्छ । काठमाडौं उपत्यकामा मात्रै १०र११ वटा यस्तो अस्पताल रहेछ । यस्ता कुकुरले सडकमा फोहोर गर्ने गरेकै छन् । कामनपा जनसम्पर्क अधिकृत नायल ढकालका अनुसार सुरुमा ‘जनसेल्टर’ नाम गरेको बेलायती नागरिक नेपाल घुम्न आएको बेला यहाँका छाडा कुकुरको दयनीय अवस्था देखेर सन् २००४ मे ९२०६१ वैशाख०देखि काठमाडौं ‘एनिमल ट्रिटमेन्ट सेन्टर’ नाम दिएर संस्था खोजे । सो संस्थाको अध्यक्ष लक्ष्मी शर्मा थिइन् । सानैदेखिका जुझारु र मेहनती उनले एकताका यात्रु ओसारपसार गर्ने टेम्पोसमेत हाकिन् । अहिले शर्मा आफ्नै बलबुताले राँगा र भैंसीको हाडबाट टाँक बनाउने कारखानाका मालिक छिन् ।

काठमाडौं महानगरपालिकाले भर्खरै सर्वेक्षण गर्दा उपत्यकामा लगभग ४० हजार सामुदायिक ९भुस्याहा० कुकुर रहेको आँकडा निकालेको छ । यस हिसाबले देशभरमा लाखौंको संख्यामा यस्ता कुकुर रहेको अनुमान गर्न सकिन्छ । उनीहरूको नियन्त्रणका लागि सो संस्थाले एक दिन अगाडि लगेर केही पनि खान नदिएर भोलिपल्ट ‘जिल्याजिन’ सुईं दिएर बेहोस् बनाइन्छ । बेहोस भएपछि फेरि केटामिन र डाइजेपाम मिसाएर सुईं दिएपछि बन्ध्याकरण गरिन्छ । बन्ध्याकरण गर्न करिब १ घण्टा लाग्छ । त्यसको भोलिपल्ट मात्रै खान दिने गरिन्छ । एउटा कुकुरलाई परिवार नियोजन गर्न दुई हजार खर्च लाग्छ भने घरमा पालेका कुकुरलाई बन्ध्याकरण गर्नुपर्दा तीन हजार तिर्नुपर्ने हुन्छ । वार्षिक लगभग हजार कुकुरको बन्ध्याकरण गरिन्छ । ‘एनिमल ट्रिटमेन्ट सेन्टर’ स्थापना भएदेखि २०७८ असार मसान्तसम्म ३१ हजार ५ सय पोथी कुकुरको बन्ध्याकरण गरिसकिएको छ । यस्तो काम टोखा र तारकेश्वर नगरपालिकासँग सहकार्य गरेर पनि गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस