aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एमाले नेता गोकुल बास्कोटाको घरमा फेला परेको प्रेसरकुकरमा के छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ मंसिर २०७९
एमाले नेता गोकुल बास्कोटाको घरमा फेला परेको प्रेसरकुकरमा के छ ?

काठमाडौं । नेकपा एमालेका नेता एवं काभ्रेपलाञ्चोकबाट निर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको हो । 

घरको कम्पाउण्डमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु भेटिएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ।

नवनिर्वाचित बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका छन् । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा शंकास्पद बस्तु देखिएपछि खबर गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस