aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

अमेरिकन चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा अजित शाह पुनः अनुमोदित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ मंसिर २०७९
अमेरिकन चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा अजित शाह पुनः अनुमोदित

काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरुको सञ्जाल अमेरिकन चेम्बर अफ कमर्स नेपाल ९एचाम० को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई अर्को साधारण सभासम्मका लागि पुनः अनुमोदन गरेको छ । 

समितिमा चेम्बरका अध्यक्ष अजित शाह, उपाध्यक्ष निर्मलकाजी श्रेष्ठ, कोषाध्यक्ष कैलाश विजयानन्द र सदस्यहरु अतुल्य रिसाल, असिममान सिंह बस्न्यात, आकाश गोल्छा, जयदिन श्रेष्ठ र सेमन्त दाहाल रहेका छन् ।

सभालाई सम्बोधन गर्दै एचाम नेपालका अध्यक्ष शाहले अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको विकास सदस्य कम्पनीको मजबुत सहकार्य, क्षेत्रीय सञ्जाल, युएस चेम्बर अफ कमर्स र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यबाट सम्भव भएको बताए । उनले थपे, ुहामीले आर्थिक समिति, नीति तथा वकालत समिति र सञ्जाल समितिमा वर्षभरि राम्रो प्रगति गरेको हाम्रा सदस्यहरूबीच गरिएको सर्वेक्षणबाट प्राप्त तथ्यांकले देखाएको छ ।ु 

प्रतिक्रिया दिनुहोस