aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बंगलादेशमा ठूलो लगानीको पछाडि चीनको नियत के हो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ मंसिर २०७९
बंगलादेशमा ठूलो लगानीको पछाडि चीनको नियत के हो ?

एजेन्सी । चीनले बंगलादेशसँगको आर्थिक सम्बन्धलाई मजबुत बनाउन निरन्तर प्रयास गरिरहेको छ। चीनले बंगलादेशमा चलिरहेका आयोजनाहरूको उद्घाटन गर्ने र त्यहाँको व्यापारिक मञ्चमा चीनको आर्थिक प्रस्ताव राख्नमा चिनियाँ राजदूत सक्रिय देखिएकाले बंगलादेशप्रति चीनको बढ्दो चासो प्रस्ट हुन्छ।

बंगलादेशसँगको व्यापारिक सम्बन्धलाई मजबुत बनाउन चीनले आफ्नो पूर्वाधारमा ठूलो लगानी गरी ऊर्जा स्रोतको आपूर्तिमा सहयोग गर्न प्रस्ताव गरेको छ । यससँगै दुवै देशको मुद्राको सहज आदानप्रदानका लागि पहल गरिरहेका छन् ।

चीनबाट आएका यस्ता प्रस्तावलाई स्वीकार गर्दा बंगलादेश सरकारले पनि निकै सावधानी अपनाइरहेको छ । बंगलादेशले चिनियाँ प्रस्तावलाई स्वागत गरिरहेको छ । तर, भारत र जापानजस्ता एसियाली मुलुकसँगको आर्थिक सम्बन्धलाई बलियो बनाउने इच्छा पनि खुलेर व्यक्त गरिरहेको छ । हालैका महिनाहरूमा, बंगलादेशमा चलिरहेका धेरै चिनियाँ परियोजनाहरू पूरा भएका छन्। तीमध्ये केही उद्घाटन भइसकेका छन् । बंगलादेशका लागि चिनियाँ राजदूत ली जिमिङको भनाइलाई पनि बंगलादेश र चीनका सञ्चारमाध्यममा निकै महत्व दिइएको छ ।

यस्तै एउटा समाचार चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले २४ नोभेम्बरमा प्रकाशित गरेको थियो। जसमा चीनले बंगलादेशसँग मिलेर सूचना तथा सञ्चार प्रविधि परियोजनाको तेस्रो चरण कसरी पूरा गर्यो भन्ने कुरा बताइएको छ । ग्लोबल टाइम्सले बंगलादेशका मन्त्री जुनैद अहमद पलकलाई यस परियोजनाको बारेमा उद्धृत गर्दै भनेको छ, हामी ख्वावे र सीआरआईजीलाई बंगलादेशलाई डिजिटलाइज गर्ने निरन्तर प्रयासका लागि धन्यवाद दिन्छौं। 

प्रतिक्रिया दिनुहोस