aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सत्तारूढ गठ'बन्धनको बैठक सोमबार बस्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ मंसिर २०७९
सत्तारूढ गठ'बन्धनको बैठक सोमबार बस्ने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए । बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ । 

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ । 

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । बैठकको समयका बारेमा भने केही बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस