aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अत्यन्त रोचक मोडमा दोलखाको मतगणना, झिनो मतले काकी अगाडि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ मंसिर २०७९
अत्यन्त रोचक मोडमा दोलखाको मतगणना, झिनो मतले काकी अगाडि

काठमाडौं । दोलखाको मतगणना अत्यन्तै रोचक मोडमा अघि बढिरहेकोको छ । १६५ निर्वाचन क्षेत्र मध्य अन्तिम गणनामा रहेको भएर पनि सबैको चासो यतिबेला यो निर्वाचन क्षेत्रमा छ । त्यसमाथि पनि नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्की र नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण सिवाकोटीबीचको उछिनपाछिनले परिणामलाई अझ रोचक बनाएको हो । 

हालसम्मको मतगणनामा कार्कीले ३३ हजार ३२६ मत प्राप्त गरेका छन् ।  उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले हालसम्म ३३ हजार १६३ मत प्राप्त गरेका छन् । 

कूल १ लाख ६१ हजार ४५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार ३८८ खसेको थियो । प्रदेशसभा २ मा नेकपा एमालेका भरत केसी र १ मा कांग्रेसका कुन्दनराज काफ्ले विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस