aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एमाले छोडेका भुसाल नेकपा एसमा जाँदैछन् ? माधव नेपाललाई भेटेपछिको चर्चा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ मंसिर २०७९
एमाले छोडेका भुसाल नेकपा एसमा जाँदैछन् ? माधव नेपाललाई भेटेपछिको चर्चा

काठमाडौं । आम निर्वाचनको लागि उम्मेदवारी गर्ने मितिको पूर्व सन्ध्यामा नेकपा (एमाले)परित्याग गरेका घनश्याम भुसालले सोही पार्टीबाट छुट्टिएर बनेको नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् । प्रतिनिधिसभाको टिकट नपाएपछि पार्टी नै त्यागेका भुसालले आइतबार नेपाललाई भेटेका हुन् । 

नेकपा एमाले त्याग्दै रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएर पराजित नेता भुसाल अध्यक्ष नेपाललाई बधाई दिन आइतवार कोटेश्वर पुगेका हुन् । कांग्रेस र माओवादीको साथ मिल्दा पनि भुसाल रुपन्देही १ मा पराजित भएका थिए । 

संसदीय निर्वाचनमा पराजित भएपछिको गन्तव्यबारे प्रश्न उठिरहेका बेला भुसालले बधाई दिन भन्दै नेपाललाई भेटेका हुन् । 

तत्कालीन एमालेमा तीव्र मतभेद हुँदा भुसाल पनि अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चाका थिए । तर उनी नेपालले पार्टी फुटाएपछि त्यसमा असहमत हुँदै एमालेमै बसेका थिए । तर मंसिर ४ को निर्वाचनमा रुपन्देही ३ मा भुसालको साटो एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरालाई सघाएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई टिकट नदिएपछि उनी पार्टी छाडेर रुपन्देही १ मा त्रिभुज चुनाव चिह्नसहित चुनावी मैदानमा थिए । तर त्यहाँ उनलाई एमालेका छविलाल विश्वकर्माले पराजित गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस