aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दोलखामा माओवादीका कार्कीले लिए फराकिलो अग्रता, एमालेका उम्मेदवार पछिपछि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ मंसिर २०७९
दोलखामा माओवादीका कार्कीले लिए फराकिलो अग्रता, एमालेका उम्मेदवार पछिपछि

काठमाडौं । दोलखाको मतगणना अन्तिम चरणमा पुग्दैगर्दा मतपरिणाम अत्यन्तै रोचक बन्दै गइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याकं अनुसार यहाँ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारबीच ११ सय ९५ मतको अन्तर छ । 

यसअघि एमालेका बालकृष्ण सिवाकोटी ३० मतले अघि बढेका थिए । यहाँ मतगणना सुरु भएदेखि नै उछिनापछिन भइरहेको छ ।

अहिलेसम्म ८१ हजार ९८ मत गणना भएको छ । एमाले उम्मेदवार  सिवाकोटीले ३४ हजार ५ सय ९५ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३५ हजार ७ सय ९० मत प्राप्त गरेका छन् ।  

यहाँ अहिलेसम्म ३ हजार ३ सय १३ मत बदर भएको छ ।  

निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीका अुनसार अहिले शैलुङ गाउँपालिकाको वडा नम्बर १ र मेलुङ गाउँपालिका २ को मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस