aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पहिलो महिनाको तलब विद्यार्थीको पढाईलाई दिन्छु : सांसद चौलागाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ मंसिर २०७९
पहिलो महिनाको तलब विद्यार्थीको पढाईलाई दिन्छु : सांसद चौलागाई

काठमाडौं । रामेछाप प्रदेश सभा (ख) बाट युवराज चौलागाई निर्वाचित भएका छन् । नेकपा माओवादीका नेता चौलागाइले सांसद भए बापत सरकारले दिने पहिलो महिनाको तलब विद्यार्थीको पढाइका लागि खर्च गर्ने बताएका छन् । चौलागाइले आइतबार एक विद्यालयको स्थापना दिवसको अवसरमा बोल्दै यस्तो बताएका हुन् ।

मन्थली नगरपालिका ९ पुरानागाउमा श्री स्थानापति माध्यमिक विद्यालयको ६२ औं स्थापना दिवसका अवसरमा उनले उक्त रकम विद्यार्थीलाई दिने बताएका छन् । चौलागाई सांसदमा निर्वाचित भएपछि पहिलोपटक उक्त विद्यालयको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका हुन ।

प्रतिक्रिया दिनुहोस