aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

पप्पु कन्स्ट्रक्सनले बागमति खोला पुल अलपत्रै छाड्यो, कन्टेक प्रा.लि पनि उस्तै

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • बुधबार, ११ भदौ २०७६
पप्पु कन्स्ट्रक्सनले बागमति खोला पुल अलपत्रै छाड्यो, कन्टेक प्रा.लि पनि उस्तै

काठमाडौं । अरनिको राजमार्ग अन्तरर्गत बागमति खोला पुल नबन्ने भएको छ । पप्पु कन्स्ट्रक्सनले २०७१ साल ९ महिना ४ गते सम्झौता गरेको ठेक्का २०७५ साल ३ महिना ५ गते सम्पन्न गरी सक्नु पर्ने थियो । सम्झौता भएको भन्दा एक वर्ष बढी समय हुँदासमेत उक्त पुल  अलपत्र पारेर छोडेको छ ।

तर उक्त पुल स्पेशल डिजाइनको भएको हुदा डिजाइनको स्वकृतिमै केही समय बढी लाग्न जानुको साथै निमार्णस्थलमा भएका खानेपानी तथा विद्युतिय युटिलिटिजहरूको व्यवस्थापनमा केही ढिलाई भएको बताको छ । 

पहिलो चरणमा मुल्य अभिबृद्धि कर सहित ३० करोड ८२ लाख ४४ हजार अनुमान गरिएको र शुरूमा  २१ करोड ३३ हजारमा ठेक्का लिएको थियो । हाल सम्म ६ करोड २२ लाख ८५ हजार रूपैयाँको मात्र काम भएको छ । प्रतिशतमा भन्नुपर्दा २५ प्रतिशत मात्र काम भएको श्रेष्ठले बताए । 

व्यवसायिले तदारूकताका साथ निर्माण व्यवसायबाट कुनै कार्य नभएको र निर्माण व्यवसायिको लाापरबाहिको कारणले निर्माण कार्य रोकिएको  काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । 

यसै गरि प्याङ्गाउँ–लेले–तिलेश्वर हुँदै सरस्वतीकुण्ड सडक खण्ड पनि नबन्ने भएको छ । उक्त सडक बनाउन २०७३÷२ महिना २५ गते कन्टेक प्रा.लिलाई दिएको थियो । 

४.०० किलोमिटर सडकको लम्बाई भएको आयोजना ४३८९०१००० रूपैयाँ लागत अनुमान गरिएको थियो । सुरुमा २६७१९३००० रूपैयाँ ठेक्का दिएको आयोजना २०७५ साल ५ महिना २५ गते सम्पन्न हुनु पर्ने थियो तर यस निर्माण कार्यमा घर टहरा हटाई कार्य शुरू गर्ने प्रयास गर्दा स्थानियबाट संगठित रूपमा अवरोध सृजना गरेको हुँदा कार्य अगाडि बढ्न नसकेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको भनाई छ । 

त्यस आयोजनामा हाल सम्म ४ करोड २५ लाख ८० हजारको मात्र काम भएको छ । प्रतिशतमा भन्नु पर्दा १२ प्रतिशत काम सम्पन्न भएको छ । 

सुनाकोठी–चापागाउँ –टाहाखेल क्षेत्रमा घर टहरा, मठमन्दिरको स्थानान्तरणको समस्याको कारण उक्त खण्डमा सडक विस्तार कार्य हुन नसकेको हो । 

संघिय तथा प्रदेशका माननीय सांसद तथा गोदावरी न.पा का जनप्रतिनिधिको संयुक्ता बैठकबाट हाललाई १७.२० मिटर चौडाईमा सडक बनाउने गरी सडक निमार्ण प्रक्रिया अगाडि बढाउन माग गरे पनि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले कुनै पनि हालतमा उक्त सडक नबन्ने बताएको छ । 

प्रतिक्रिया दिनुहोस