aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

लुम्बिनी राष्ट्रिय महोत्सवमा यी व्यक्तिले पाउँछन् निःशुल्क प्रवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ मंसिर २०७९
लुम्बिनी राष्ट्रिय महोत्सवमा यी व्यक्तिले पाउँछन् निःशुल्क प्रवेश

भैरहवा । लुम्बिनी राष्ट्रिय महोत्सवमा ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिलाई प्रवेश निःशुल्क गरिएको छ । पर्यटन कृषि र उद्योगको विकास राष्ट्रिय सम्मृद्धिको आधार भन्ने मुल नाराका साथ सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजना गरिएको ८ औँ लुम्बिनी राष्ट्रिय महोत्सवमा यस्ता व्यक्तिलाई प्रवेश निःशुल्क गरिएको हो ।

कोभिड १९ का कारण दुई वर्षसम्म ज्यान बचाउनु पर्ने भएकोले मेला महोत्सव गर्न नसकेको र अहिले मेला आयोजना गरिएको बताउँदै आर्थिक रूपमा विषम परिस्थिति भए पनि व्यवसाय प्रवर्द्धन गर्नको लागि मेला आयोजना गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म न्यौपानेले बताए । 

व्यापार मेला सञ्चालन गर्ने विषयमा विभिन्न संघ संस्था सँग गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीले स्थानीय दर्शक, उत्पादन र कला संस्कृतिलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे । व्यापार मेलाबाट आर्थिक चलायमान हुने उद्देश्यले विषम परिस्थिति भए पनि मेला आयोजना गरिएको संघका उपाध्यक्ष नेत्र आचार्यले बताए ।

व्यापार मेलामा नाफा घाटाको हिसाब नगरी घाटा नबनाउने हिम्मत गरेर अगाडि बढेको महासचिव विजय पाण्डेले बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले २०६१ साल देखि भैरहवामा व्यापार मेला आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस