aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
२०२० मा २० लाख पर्यटक, तयारी कहाँ पुग्यो सरकार ?

२०२० मा २० लाख पर्यटक, तयारी कहाँ पुग्यो सरकार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ बैशाख २०७६
२०२० मा २० लाख पर्यटक, तयारी कहाँ पुग्यो सरकार ?

काठमाडौं । सरकारले सन् २०२० मा २० लाख पर्यटक पर्यटक भित्र्याउने तयारी गरेको छ । अहिलेसम्म पर्यटकी पूर्वाधार नभएको र भएकै पूर्वाधार पनि कमजोर भइरहेको बेला २० लाख पर्यटकको लक्ष्य कसरी पूरा गर्ने भन्न प्रश्न उठिरहेको छ । पर्यटनलाई जागरण ल्याउने राष्ट्रिय अभियानका साथ पर्यटन वर्ष सरकारले मनाउँदै छ । अन्तर्राष्ट्रिय पर्यटक आकर्षिक गर्न सरकारले ल्याएको यो अभियानको मूख्य उद्देश्य नै हालको करिब १२ लाख पर्यटकलाई सन् २०१९ मा १८ र २० मा २० लाख पुर्याउने हो । 

तर, सरकारले पर्यटन पूर्वाधार बनाउन सकेकका कारण भएकै पूर्वाधारबाट भने एकेवर्ष २० लाख विदेशी पर्यटक महत्वकांक्षी लक्ष्य देखिएको छ । पर्यटन पूर्वाधार कमजोर रहेको मुलकमा एक दशक अगाडि राखिएको लक्ष्य भर्खर पूरा गरेर बल्ला १० लाख पर्यटक ल्याउन सकिएको छ । सन् २०११ मा लिएको १० लाख पर्यटकको लक्ष्य पूरा गर्न सन् २०१८ सम्म पर्खनुपरेको मुलुकले त्यसको दुई वर्ष पछि पर्यटक संख्या करिब दोब्बर बनाएर २० लाख पुर्याउने  लक्ष्य महत्वकांक्षी बन्न पुगेको देखिन्छ । 

पर्यटन पूर्वाधार कमजोर हुन, नेपाल भित्रने पर्यटकको प्रमुख मार्ग हवाई यातायातको विकास अझै हुन नसक्नु, विमानस्थल निर्माण र लामो दूरीको गन्तव्यमा जाने वायुसेवाको दीर्घकालिन भिजन र त्यो अनुसारको सरकारी मिसन अनुसार काम हुन नसक्दा नेपाल पर्यटनमा पछाडि परिरहेको छ ।   

पहिले पर्यटन वर्षले जागरण मात्रै ल्यायो लक्ष्य ल्याएन
सन् १९९८ मा पहिलोपटक घोषणा भएको नेपाल भ्रमण वर्षले पर्यटनमा जागरण ल्याउने गरी काम ग¥यो । त्यो भ्रमण वर्षले कुनै लक्ष्य नै ल्याएन । पर्यटक बढाउने र नेपालमा विदेशी आकर्षित गर्ने उद्देश्य यसले लिएको थियो । त्यसपछि सरकारले फेरि सन् २०११ मा नेपाल भ्रमण वर्ष, सन् २०१२ मा लुम्बिनी भ्रमण वर्ष, सन् २०१७ मा आन्तरिक भ्रमण वर्ष र सन् २०२० को लागि पर्यटन भ्रमण वर्षको अभियान ल्याएको छ ।

यस अघिका भ्रमण वर्ष पर्यटनको संख्यात्मक रूपमा असफल भएपनि यसले ल्याएको जगारण र सकारात्मक प्रवद्र्धनलाई भने प्रभावकारी मान्नुपर्ने हुन्छ । पर्यटनमा सकारात्मक कदमकै लागि सरकारले फेरि पर्यटन भ्रमण वर्षको तयारी गरिरहेको छ ।

कमजोर तयारीबाट लक्ष्य पूर्ति कसरी ?
सरकारले गत वर्षको बजेटबाटै घोषणा गरेको यो कार्यक्रम अहिले लागू गर्ने काम गरिरहेको छ । फेरि नयाँ बजेट आउने र सम्बोधन गरेर जानुपर्ने अवस्था आइसकेको छ । ‘२० लाख पर्यटक नेपाल भित्र्याउने गरी घोषणा भएको ‘नेपाल भ्रमण वर्ष २०२०’ सञ्चालनको कार्यक्रमको गति कमजोर रहेको छ ।

सरकारले गत फागुन २८ गते स्वीकृत गरेको नेपाल भ्रमण वर्ष २०२० को कार्यविधि पर्यटन मन्त्री नहुँदा अझै कार्यान्वयमा पक्ष पितलो छ । सरकारलाई पास गरेको भएपनि यसलाई कार्यान्वयन गर्ने क्रममा भएको बजेटको ब्रेक डाउन स्वीकृत कार्यविधि कार्यान्वमा समस्या छ । 
पर्यटन मन्त्रीको अध्यक्षतामा बस्ने भ्रमण वर्ष मूल आयोजक समितिको बैठक पर्यटन मन्त्रीकोसमेत जिम्मेवारी सम्मालेका प्रधामन्त्रीबाटै गराउनुपर्ने छ ।
 

प्रधानमन्त्रीको समय व्यवस्थापन गर्न नसकेका कारण र पर्यटनका एजेन्डाले प्राथमिकता नपाउँदा भएकै गतिविधि सुस्त छ । 
नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्यसचिव तथा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले आवश्यक तयारी भइरहेको बताए उनले भने ।

अहिलेसम्म भ्रमण वर्षको कार्यविधि स्वीकृत भयो, सरकारले दिएको १० करोड यो वर्षको बजेटकोे शीर्षकगत विनियोजन गरेर कार्यान्वयन सुरु भएको छ । उपसमितिको नवौ बैठक बसिसकेको छ । नयाँ वर्षमा पोखराबाट भ्रमण वर्षको सफ्ट लन्चिङ गरिसकेका छौं । अब यस्तो कार्यक्रम हामी सातै प्रदेशबाट गर्दै छौं । अन्य पर्यटकीय गन्तव्यमा जाने, प्रवद्र्धनको गतिबिधि बढाउने र आन्तरिक कामको रफ्तार बढाउने काम भइरहेको छ । तयारी पुगने भन्ने छ । 

पर्यटन मन्त्री नहुँदा यसरी भयो गति कमजोर 
नेपाल भ्रमण वर्ष जति हल्लाखल्ला र प्रचार गरेर गरिएको छ त्यसको तयारी भने  निकै सुस्त छ । गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधन भएपनि सुस्ताको पर्यटन क्षेत्र अझै उठ्न सकेको छैन् । पर्यटन मन्त्री नयाँ ल्याउने र पर्यटनलाई अगाडि बढाउने काम पनि सुस्त भएको छ । 

पर्यटन मन्त्रीको अध्यक्षतामा ४७ सदस्यीय भ्रमण वर्ष मूल आयोजक समिति बनेको छ । पर्यटन मन्त्री खाली रहेको डेढ महिनासम्म पनि यसको पूर्ति हुन सकेको छैन् । मूल आयोजक समितिका संयोजक पर्यटनमन्त्री रहेका कारण संयोजकको अभावमा अन्य समितिलेसमेत प्रभावकारी रूपमा काम गर्न सकेको छन् । मन्त्री नभएपछि यसलाई दौडाउने व्यक्तिकै अभाव खड्कीरहेको पनि मन्त्रालयकै अधिकारी बताउँछन् ।
भ्रमण वर्ष कार्यविधिको अनुसूची ३ अनुसार कार्यक्रम कार्यान्वयनका लागि उपसमिति गठन भइसकेको छ । समितिका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा रहेका छन् भने उपाध्यक्षमा व्यवसायी तथा भ्रमण वर्ष कार्यक्रम राष्ट्रिय संयोजक सुरज वैद्य तोकिएका छन् । उपाध्यक्ष कार्यकारी भूमिका हुने र कार्यक्रम कार्यान्वय समितिको संयोजक हुन् १७ सदस्यीय टोली परिचालन गर्ने निकायको कार्यालय नपाएको,  बैठक नियमित हुनेपर्ने भएपनि यसमा अहिलेसम्म साह्रै थोरै मात्रै गति लिएको पर्यटन बोर्डको भनाइ छ । 

सचिवालय नै स्थापना नहुँदा उपसमिति पर्यटन बोर्डको कार्यालयको एउटा कोठामा खुम्चिन भ्रमण वर्ष खुम्चिएको छ । गत कात्तिक दोस्रो सातामै व्यवसायी वैद्य सचिवालयको संयोजक तोकिए पनि सचिवालय व्यवस्थापन भने अलपत्र बनेको छ । पाँच महिना बित्दा पनि सचिवालयको व्यवस्थापन गर्न नसक्ने उपसमितिले बाँकी आठ महिनामा सबै तयारी पूरा गरिसक्नेमा व्यवसायी नै शंका गर्छन् ।
पर्यटन वर्षको गति दिने, विमानस्थल निर्माणको गति बढाउनेसहित, कार्यविधि कार्यान्वयन गर्ने र निरन्तरण जागरण गराउने काम ढिलो भएको छ । 

प्रतिक्रिया दिनुहोस