aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

१७ जना स्वतन्त्र उम्मेदवारले चुनाव जिते, कुन क्षेत्रबाट को को निर्वाचित भए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० मंसिर २०७९
१७ जना स्वतन्त्र उम्मेदवारले चुनाव जिते, कुन क्षेत्रबाट को को निर्वाचित भए ?

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभामा देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् । यसमा प्रतिनिधिसभातर्फ ५ जना र प्रदेश तर्फ स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । 

 आयोगका अनुसार मधेस प्रदेशमा ६ जना, गण्डकीमा १ जना, लुम्बिनीमा ३ जना निर्वाचित भएका छन् । यस्तै कर्णाली र सुदूरपश्चिममा पनि १–१ जना निर्वाचित भएका छन् । तिनिधिसभातर्फ मोरङ १ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेश कुमार सिंह, रौतहट २ बाट किरण कुमार साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी चुनिएका छन् । 

प्रदेशसभामा अनिरुद्ध कुमार सिंह, सुरिता कुमारी साह, जवाहर लाल कुशवाहा, केशव राय, शारदा शंकर प्रसाद कलवार, राजीव गुरुङ(मनांगे) चुनिएका छन भने  लुम्बिनी प्रदेशमा सुरुल पुन, दीपेन्द्र कुमार पुन मगर, खड्ग बस्नेत कर्णाली प्रदेशसभामा देवेन्द्र बहादुर शाही, सुदूरपश्चिम प्रदेशसभा सदस्यमा तारा प्रसाद जोशी निर्वाचित र प्रमोद कुमार जयसवालले चुनाव जितेका छन् । 

प्रतिक्रिया दिनुहोस