
काठमाडौं । मनाङबाट निर्वाचित गण्डकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङ (ख)बाट चुनाव जितेका उनी गण्डकी प्रदेशसभामा अब एकीकृत समाजवादीको एकल सांसद हुनेछन् । उनका लागि छुट्टै कार्यालय संसद््ले व्यवस्था गर्नेछ ।
एकीकृत समाजवादी अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेर उनी पार्टीमा प्रवेश गरेका हुन् । उनीसँगै बारा ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद कृष्णकुमार (किसान) श्रेष्ठसमेत कोटेश्वर पुगेका थिए ।
एकीकृत समाजवादीले गण्डकीमा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ । तर, समानुपातिक सांसद बन्ने मत भने पुग्दैन । मनाङे अघिल्लो कार्यकालमा पनि सांसद थिए । २०७४ को निर्वाचनबाट समेत स्वतन्त्र जितेका उनी एमाले सत्तामा हुँदा एमाले प्रवेश गरेका थिए ।
पछि कांग्रेस सत्तामा गएपछि एमालेको साथ छोडेर गठबन्धनको पछि लागे । अहिले गण्डकीमा स्वतन्त्र सांसदको खासै छैन । किनकि, सरकार गठनमा स्वतन्त्रको भँमिका देखिँदैन ।
मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेसँगै आगामी दिनमा गण्डकी प्रदेशमा सरकार गठन भएपछि उनी पनि मन्त्री हुने निश्चित रहेको छ ।
प्रतिक्रिया दिनुहोस