aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

समानुपातिकमा एमालेले २८ लाख कटाउँदा अरु कुन दलको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० मंसिर २०७९
समानुपातिकमा एमालेले २८ लाख कटाउँदा अरु कुन दलको कति ?

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा कटाएको छ । मंगलबार बिहान ७:४५ सम्मको मतपरिणाम अनुसार १ करोड, ४ लाख ७८ हजार ७३५ मत हुँदा सबैभन्दा ठूलो दल बनेको नेकपा (एमाले)ले २८ लाख १४ हजार ५५५ मत पाएको छ भने दोश्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २१८ मत पाएको छ । 

त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६४ हजार १०२ मत र राष्टिट्रय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत ल्याएको छ । पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत र छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत ल्याएका छन् । 

त्यस्तै जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत र नेकपा (एककृत समाजवादीले २ लाख ९६ हजार ९० मत तथा नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६७४ मत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २९० मत पाएको छ । 

माथि उल्लेख गरिएका दलहरु मध्यमा क्रमश ७ दलले मात्र थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीको रुपमा उभ्याउन सफल भएका छन् । 

प्रतिक्रिया दिनुहोस