aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्काे मुद्धा दर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्काे मुद्धा दर्ता

काठमाडौं । पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्काे मुद्धा दर्ता भएको छ । पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गर्दै कञ्चनपुरका पत्रकार खेम भण्डारीले मुद्धा दर्ता गराका हुन ।

भण्डारीले न्यूज-२४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछानेले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन ।

यता कार्यक्रमका प्रस्ताेता लामिछाने साेमबार मात्र ११ दिनकाे प्रहरी अनुसन्धान पछि चितवन जिल्ला अदालतकाे आदेश ५ लाख धरौटी बुझाएर छुटेका हुन ।

पत्रकार पुडासैनी मृत्यु प्रकरणमा अदालतले चाहेको समयमा उपस्थित हुनु सर्त सहित उनी हिरासत मुक्त भएका थिए । पत्रकार भण्डारीले मिडिया काउन्सीलमा मुद्धा दर्ता गरे पश्चात कार्यक्रम प्रस्तोता लामिछाने थप संकटमा परेका छन ।

प्रतिक्रिया दिनुहोस