aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

पुलबाट ट्रक खस्दा एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० मंसिर २०७९
पुलबाट ट्रक खस्दा एकको मृत्यु

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए । उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए । 

प्रतिक्रिया दिनुहोस