aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

कोचिङ पढ्न जाँदा ९ छात्रा बेहोस, १ को मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
कोचिङ पढ्न जाँदा ९ छात्रा बेहोस, १ को मृत्यु

तनहुँ । रम्भा गाउँपालिका–५, ताहुँमा कोचिङ्ग पढ्न जाने क्रममा विद्यार्थीहरु बेहोस् हुँदा एक जनाको मृत्यु भएको छ । रम्भा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत नौ बेहोस् भएका विद्यार्थीहरु मध्ये एकको मृत्यु भएको हो ।

पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गकी १६ वर्षीय कमला फालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

बुधवार बिहान ७ः३० बजे विद्यालयमा कोचिङ्ग पढ्न जाने क्रममा विद्यार्थीहरु अचानक बेहोस् भएका थिए । मृतक कमला बेहोस् भएपछि उनीसँगैका ८ जना सहपाठी साथीहरु समेत रुँदा रुदै बेहोस् भएको बताईएको छ ।

उनीसँगै रहेका ७ जना छात्रा र एक छात्र समेत बेहोस् भएका छन् । बेहोस् भएकी छात्रा फालको प्राथमिक स्वास्थ्य केन्द्र ताहुँमा उपचार हुन सम्भव नभएपछि उनलाई तत्कालै लुम्बिनी मेडिकल कलेज पठाइएको थिायो । लुम्बिनी मेडिकल लैजादै गर्दा बाटोमै निधन भएकाे प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस