काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र ईकमर्स कम्पनी सस्तोडिलकाबिच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र सस्तोडिलको तर्फबाट संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापाले हस्ताक्षर गरेका छन् ।
यो लगानीले सस्तोडिललाई नाफामुखी संस्था बन्न र सार्वजनिक निष्काशनमा जाने बाटो खोल्नेछ । उक्त अवसरमा एनआईबिएल एसका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने, “ईकमर्सले संसारभरिका विभिन्न मूलूकको अर्थतन्त्र र व्यवसायमा ल्याउन सक्ने आमूल परिवर्तन स्थापित भइरहेको अवस्थामा नेपालमा पनि सो परिवर्तन ल्याउन सस्तोडिल सक्षम छ भन्ने कुरा कम्पनीले आफनो १० वर्षिय इतिहासमा प्रमाणीत गरेको छ । ईकमर्स व्यवसायमा अग्रपंक्तीमा रहेको सस्तोडिलले विभिन्न बाधा अड्चनको बिच नेपालमा ईकमर्स व्यवसायलाई स्थापित गरको छ । उक्त कम्पनीले विभिन्न अन्तराष्ट्रिय ख्यातिप्राप्त संस्थाहरुसंग सम्झौता गरि अगाडि बढ्दा, सस्तोडिल प्ल्याटफर्ममा प्रोडक्टहरुको सूची र व्यापार बढ्ने कूरामा हामी विश्वस्त छौं ।”
उक्त अवसरमा सस्तोडिलका संस्थापक तथा सिइओ अमुन थापाले भने, “हामी एनआईबिएल एस क्यापिटल जस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी छौँ । एनआईबिएलको नेपालभरको नेटवर्क, बैंकिङ भुक्तानी प्रणाली आदिको सञ्जाल तथा विशेषज्ञता र पुँजी समेतको समायोजनले सस्तोडिललाई निकै प्रतिस्पर्धी बनाउनेछ । हाम्रा अन्य मुख्य लगानीकर्ताहरू, डोल्मा इम्प्याक्ट फन्ड, रमेश कर्पोरेसन, आईसीटीसी समूह र आईएमई समूह सँगै अव एनआईबीएल एस समेतको सहकार्यमा सस्तोडिल नेपाल भित्र र विदेशमा समेत परिचित ब्रान्डकोरुपमा स्थापित हुने लक्ष्यमा छ ।”
त्यसै कार्यक्रममा सहभागी डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा सिइओ टिम गोचरले आफ्नो बिचार राख्दै भने, “एनआईबीएल एसको लगानीले सस्तोडिलको सम्भावनालाई प्रकाश पार्नुको साथै स्थानीय स्तरमा हुने लगानीले सस्तोडिलको व्यवसाय वृद्धिमा थप टेवा पुग्नेछ । हामी एनआईबिएल एस क्यापिटल लिमिटेड र कम्पनीका उत्कृष्ट व्यवस्थापन समूहलाई लाई स्वागत गर्दछौँ ।”
सस्तोडिलको प्ल्याटफर्महरुका १ करोड भन्दा बढी प्रयोगकर्ताहरूका साथै फ्ल्पि कार्ट तथा मिन्त्रा जस्ता अन्ताराष्ट्रिय ख्याति प्राप्त रणनीतिक साझेदारहरू रहेका छन्। साथै लाखौँ ग्राहकहरू, सयौँ ब्रान्डहरू र विक्रेताहरू समेत आबद्ध छन्। कम्पनीले UNCDF सँगको सहकार्यमा नेपालभरका ती हजार पाँच अति साना र साना तथा मझौला उद्योगहरू लाई सूचना मैत्री बनाउन साझेदारी गरेको छ । कोभिड १९ पछि, सस्तोडिलले नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समेत सहकार्य गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस