काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा कामचलाउ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टीभित्र छलफल थालेका छन् । अब उनी छैटौंपटक प्रधानमन्त्री बन्नका लागि प्रयास गर्दैछन । कांग्रेस संसदीय दल चुनिनका लागि उनले आफ्ना निर्वाचित नेताहरुसँगको भेट बाक्लो बनाएका हुन ।
देउवाले अहिलेसम्म दलको नेतामा औपचारिक दाबी नगरे पनि उनले शीर्ष नेताहरूसँग छलफल थालेका छन् । नेपाली काँग्रेसका पूर्व महामन्त्री शशाङ्क कोइरालासँग मङ्गलवारको भेटमा देउवाले दलको नेतामा आफूलाई सघाउन आग्रह गरेको शशाङ्कको सचिवालयले जनाएको छ ।
यता पार्टीमा प्रधानमन्त्रीको पदका लागि भन्दै भोट मागेका नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि आफ्नो अडान छाडेका छैनन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफूलाई प्रधानमन्त्रीको दावेदारका रुपमा घोषणा गसिकेका छन् ।
प्रतिक्रिया दिनुहोस