aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

पोर्चुगल पठाईदिन्छु भन्दै १२ लाख ठगी, झापाका सञ्जिव आचार्य पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० मंसिर २०७९
पोर्चुगल पठाईदिन्छु भन्दै १२ लाख ठगी, झापाका सञ्जिव आचार्य पक्राउ

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ठगीको आरोपमा झापा कन्काई नगरपालिका ७ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु प्रतिव्यक्ति १२ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २७ लाख रूपैयाँ ठगी गरी सम्पर्क विहीन भएका आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस