काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको मतगणना पनि सकाएको छ । सोमबार प्रत्यक्ष तर्फको १६५ क्षेत्रको प्रत्यक्ष तर्फको मतगणना सकेको आयोगले मंगलबार देशभरिको समानुपातिकको पनि मतगणना गरेर सकेको हो ।
मंगलबारको अन्तिम मतगणनामा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । समानुपातिक निर्वाचन प्रणालीमा ४७ दलहरुले भाग लिएकोमा ७ दलले आयोगको मापदण्ड अनुसार थ्रेस होल्ड कटाएर राष्ट्रिय दल बनेका छन् भने ४० वटा दललाई हालिएको मत खेर गएको छ ।
समानुपाति तर्फ सबैभन्दा ठूलो दल बनेको नेकपा (एमाले)ले २८ लाख ४५ हजार ६४१ र दोश्रोमा नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत ल्याएको छ । तेश्रो शक्ति बनेको नेकपा (माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ तथा चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत ल्याएको छ ।
त्यसैगरी, पाँचौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ तथा छैटौंमा जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३१३ मत एवम् सातौंमा जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मत ल्याएको छ । समानुपातिक तर्फको मतगणना सकिँदा यी नै सात राजनीतिक दलहरुले थैसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सफल भएको छन् ।
प्रत्यक्षमा १० सिट जितेको नेकपा (एकिकृत समाजवादी)ले २ लाख ९८ हजार ३९१ मत त ल्याएको छ तर यो पार्टी राष्ट्रिय दल बन्न भने सकेन । त्यस्तै प्रत्यक्षमा ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७२२ मत र प्रत्यक्षमा ४ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार ३६७ मत ल्याएका छन् । यी तीन पार्टीसहित अन्य ३७ दलहरुलाई मतदाताले समानुपातिक तर्फ हालेको भोट खेर गएको छ ।
विस्तृतमा हेर्नुहोस् सबै दलको मत परिणाम
पाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२८,४५,६४१
नेपाली काँग्रेस
२७,१५,२२५
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी)
११,७५,६८४
राष्ट्रिय स्वतन्त्र पार्टी
११,३०,३४४
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८८,८४९
जनता समाजवादी पार्टी, नेपाल
४,२१,३१३
जनमत पार्टी
३,९४,६५५
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,९८,३९१
नागरिक उन्मुक्ति पार्टी
२,७१,७२२
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,३६७
नेपाल मजदुर किसान पार्टी
७५,१६८
हाम्रो नेपाली पार्टी
५५,७४३
मंगोल नेशनल अर्गनाइजेशन
४९,०००
राष्ट्रिय जनमोर्चा
४६,५०४
नेपाल संघीय समाजवादी पार्टी
४१,८३०
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
३०,५९९
राष्ट्रिय जनमुक्ति पार्टी
२३,९३४
जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०५९
एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी र नेपाल नौलो जनवादी पार्टी र सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी)
१७,९०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,८०५
बहुजन एकता पार्टी नेपाल
१७,०८०
नेपाली काँग्रेस (बी.पी.)
१२,५०१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,३४०
नेपाली जनता दल
१०,१३७
बहुजन शक्ति पार्टी
९,४३५
नेपालका लागि नेपाली पार्टी
८,४२४
नेपाल कम्युनिष्ट पार्टी
८,०१३
नेपाल लोकतान्त्रिक पार्टी
७,७०५
नेपाल जनता पार्टी
७,५१८
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,४०२
मितेरी पार्टी नेपाल
७,०४३
जनजागरण पार्टी नेपाल
६,५५०
आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४२९
तराई मधेश लोकतान्त्रिक पार्टी
५,९७७
जनसमाजवादी पार्टी, नेपाल
५,९२५
एकल चिन्ह गितार (सामाजिक एकता पार्टी र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) र नेपाल दलित पार्टी)
५,८३९
पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०५
विवेकशील साझा पार्टी
४,०४९
एकीकृत शक्ति नेपाल
३,७९१
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,७०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट०
३,४०६
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३५४
मौलिक जरोकिलो पार्टी
३,२५६
नेपाल समावेशी पार्टी
२,९६३
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
२,२२०
राष्ट्रिय नागरिक पार्टी
२,१५०
नेश्नलिष्ट पिपल्स पार्टी
२,०१८
प्रतिक्रिया दिनुहोस