काठमाडौं । रामेछाप, उमाकुण्ड गाउँपालिका ७ माजगाउँ बस्ने ४७ वर्षीय बुद्धिमान सार्कीको घरमा करेन्ट सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर र घरभित्र रहेको सरसामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै, केराबारी गाउँपालिका ५ बस्ने बिष्णु कुमारी लिम्बुको घरमा विद्युतको तार सर्ट भई मंगलबार राति आगलागी हुँदा घर तथा घरमा रहेको सरसामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस