aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बिल बिजकभन्दा बढी सामाग्री बोकेको ट्रक नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ मंसिर २०७९
बिल बिजकभन्दा बढी सामाग्री बोकेको ट्रक नियन्त्रणमा

काठमाडौं । वीरगञ्जबाट कास्कीतर्फ गईरहेको बिल बिजकभन्दा बढी सामाग्री लोड रहेका ट्रक नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजकभन्दा बढी सामाग्री लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो । 

उक्त सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कास्कीतर्फ गईरहेको छ भन्ने सूचना प्रहरीमा पुगेको थियो । उक्त सूचनाको आधारमा पर्सा कार्यालय मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.०६ लोहारपट्टी चोक स्थित सडकखण्डमा ना.३ ख २७७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गरिएको थियो ।  

नमस्ते ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएपछि ट्रक नियन्त्रणमा लिईएको थियो । उक्त ट्रकमा अ.मु.रू ६१ लाख ४६ हजार १२ रुपैयाँ बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू फेला परेको छ । थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएका प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस