aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतमा रिपो दर ०.३५ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ मंसिर २०७९
भारतमा रिपो दर ०.३५ प्रतिशतले बढ्यो

एजेन्सी । बढ्दो मुद्रास्फीतिबाट चिन्तित भारतीय रिजर्भ बैंक (आरबीआई) ले रिपो दर ०.३५ प्रतिशतले बढाएको छ । जसका कारण रिपो दर ५.९० प्रतिशतबाट बढेर ६.२५ प्रतिशत पुगेको छ । यसको मतलब होम लोनदेखि अटो र पर्सनल लोनसम्म सबै महँगो हुनेछ  । 

ब्याजदरबारे निर्णय गर्न मंसिर ५ गतेदेखि मौद्रिक नीति समितिको बैठक बस्दैछ । आरबीआई गभर्नर शक्तिकान्त दासले बुधबार पत्रकार सम्मेलन गरी ब्याजदरसम्बन्धी जानकारी दिएका हुन् । यसअघि सेप्टेम्बरमा भएको बैठकमा ब्याजदर ५ दशमलव ४० प्रतिशतबाट बढाएर ५ दशमलव ९० प्रतिशत पुगेको थियो ।

मौद्रिक नीतिको बैठक हरेक दुई महिनामा हुन्छ । चालु आर्थिक वर्षको पहिलो बैठक वैशाखमा बसेको थियो । त्यसपछि आरबीआईले रिपो दरलाई ४ प्रतिशतमा स्थिर राख्यो। तर आरबीआईले मे २ र ३ मा आकस्मिक बैठक बोलाएर रिपो दर ०.४० प्रतिशतले बढाएर ४.४० प्रतिशत पुर्याएको थियो ।
 

प्रतिक्रिया दिनुहोस