
एजेन्सी । भारत आगामी १० वर्षमा २०३१–३२ सम्म भारत अमेरिका–चीनपछि तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरिएको छ। अहिले यो पाँचौं ठूलो अर्थतन्त्र भएको छ । मोर्गन स्टेनलीले गरेको अनुमान अनुसार यस अवधिमा प्रतिव्यक्ति आय दोब्बर भन्दा बढी हुनेछ । स्टक बजारको मार्केट क्याप (पूँजीकरण) तीन गुणाले वृद्धि हुने छ ।
गत आर्थिक वर्ष अर्थात् २०२१–२२ मा जीडीपी २५५–५ लाख करोड रुपैयाँ छ। २०३६ सम्म ६३९ लाख करोडभन्दा माथि जान सक्छ। अर्को दशकमा खुद्रा बजार १३७.६४ लाख करोड रुपैयाँ पुग्नेछ। अहिले यसको मूल्य ६२.८७ लाख करोड रुपैयाँ भारु छ।
आगामी दशकमा प्रतिव्यक्ति आय २ दशमलव ३ गुणा बढ्ने अनुमान गरिएको छ । सीईआईसी र मोर्गन स्टेनली रिसर्चको तथ्याङ्कले सन् १९८१–८२ मा प्रतिव्यक्ति आय २१,७०० रुपैयाँ रहेको देखाउँछ। गत आर्थिक वर्षमा १ लाख ८३ हजार रुपैयाँ थियो ।
अहिलेको गति कायम रहेमा ४.२२ लाखसम्म पुग्न सक्छ । बेलायत, जर्मनी र फ्रान्समा भने डेढ गुणा मात्रै बढ्नेछ । आगामी दशकमा कुल काम गर्ने जनसङ्ख्यामा महिलाको हिस्सा ३५ प्रतिशतभन्दा बढी हुनेछ । यसलाई २०२१ मा २५ प्रतिशतमा झारिएको थियो।
प्रतिक्रिया दिनुहोस