aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

चुनढुङ्गा उत्खननको क्रम बढ्दो, ६१ करोड ८१ लाख ५६ हजार आम्दानी

  • रासस
    रासस
  • बुधबार, ११ भदौ २०७६
चुनढुङ्गा उत्खननको क्रम बढ्दो, ६१ करोड ८१ लाख ५६ हजार आम्दानी

 काठमाडौं । नेपालमा सिमेन्ट कारखाना सञ्चालनका लागि चाहिने चुनढुङ्गा उत्खननको क्रम बढ्दो छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न पछिल्लो समय सिमेन्ट कारखाना खोल्न आवश्यक पर्ने कच्चा पदार्थ खोस्रने क्रम बढेको हो ।     
     
 खानी तथा भूगर्भ विभाग खनीज सम्पदा महाशाखाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्र सिमेन्ट कारखाना सञ्चालनका लागि छ कम्पनीले चुनढुङ्गा उत्खनन गर्न नयाँ खानी भाडामा लिएका छन् ।     
     
 चुनढुङ्गा लिने कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री, अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प्रालि, सम्राट सिमेन्ट कम्पनी प्रालि र पञ्चकन्या सिमेन्ट प्रालि रहेका छन् ।     
     
 खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरे पछिल्लो समय सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा, डोलोमाइट र खरीको खानी लिनेको सङ्ख्या बढेको बताए । “घर तथा भौतिक पूर्वाधार निर्माणका लागि सबैले सिमेन्ट प्रयोग गर्ने भएकाले पनि यसका लागि चुनढुङ्गा लिनेको क्रम बढेको हो”, उनको भनाइ छ ।     
     
 आव २०७५÷०७६ मा मात्र ४६ सिमेन्ट उद्योग तथा कम्पनीले चुनढुङ्गा उत्खनन गर्दै आएका छन् । चुनढुङ्गा उत्खननका लागि भित्री मधेश तथा पहाडी क्षेत्र राम्रो मानिन्छ ।     
     
 सरकारले आव २०७५÷०७६ मा सबै खाले खानी उत्खननको राजश्वबापत मात्र रु ६१ करोड ८१ लाख ५६ हजार आम्दानी गरेको छ । यस्तै खनिजको नवीकरणबापत रु १५ करोड १८ लाख आम्दानी भएको जनाएको छ ।     

   
 

प्रतिक्रिया दिनुहोस