aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

समाुनपातिकको परिणाम सार्वजनिक, एमालेले १०४ पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ मंसिर २०७९
समाुनपातिकको परिणाम सार्वजनिक, एमालेले १०४ पायो

काठमाडौं ।  ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट भएको छ । जसअनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । एमालेले प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।

नेपाली काँग्रेसले ९६ सांसद पाएको छ । प्रतिनिधिसभामा ३२,  प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ । 

माओवादी केन्द्रले ४३ मा प्रतिनिधिसभामा १४,  प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद पाएको छ ।  स्थानमा रहेको राप्रपाले २४ मा प्रतिनिधिसभामा ७,  प्रदेश १ मा ४, मधेश प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्र १३ सिट पाएको छ ।

जनतम पार्टीले ५ मा प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट,  लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १,  हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ । एकीकृत समाजवादीले प्रतिनिधिसभामा सिट पाएको छैन  । 

प्रतिक्रिया दिनुहोस