aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

सरकार गठनको रस्साकस्सी चल्दै गर्द ओली र भारतीय राजदूतबीच भेटवार्ता

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • विहीबार, २२ मंसिर २०७९
सरकार गठनको रस्साकस्सी चल्दै गर्द ओली र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । बुधबार उनीहरूबीच एक घन्टा बढी छलफल भएको हो ।

राजदूत श्रीवास्तवले संसदमा दोस्रो ठूलो दल बनेको एमाले अध्यक्ष ओलीसँग सत्ता समीकरणबारे जिज्ञासा राखेको एमालेका एक नेताले बताए । 'उहाँहरूबीच सत्ता समीकरण र सरकार गठन सम्बन्धमा छलफल भएको हो । दुई देशबीचको हित सम्बन्धमा पनि छलफल भयो', ती नेताले भने ।

प्रतिक्रिया दिनुहोस