
एजेन्सी । भारतको गुजरात विधानसभाको १८२ सिटका लागि मतगणना जारी छ। पछिल्लो मतणना अनुसार भाजपा एकतर्फी अग्रताका साथ १ सय ४५ सिटमा अगाडि छ । कांग्रेस २५ र आम आदमी पार्टी ८ सिटमा अगाडि छ । यहाँ ४ सिट स्वतन्त्र र अन्य उम्मेदवारको खातामा गएको देखिन्छ ।
ठूला सिटमा भाजपाकी रिवाबाले जामनगरबाट फेरि अग्रता लिएकी छिन् । त्यस्तै अहमदाबादबाट सीएम भूपेन्द्र पटेल नेतृत्वमा छन् । बीजेपीका हार्दिक पटेलले पनि दोस्रो राउण्डपछि विरमगामबाट अग्रता लिएका छन्। उनी पहिलो राउण्डमा पछि परेका थिए । आम आदमी पार्टीका मुख्यमन्त्री उम्मेदवार इशुदान गढवी पनि अगाडि छन् । भाजपाको अग्रता देखेर पार्टीका समर्थकहरुले उत्सव मनाउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस