aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सिट छनौट प्रति असन्तुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ मंसिर २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सिट छनौट प्रति असन्तुष्टि

काठमाडौं । मंसिर ४ गतेभन्दा केहि महिना पहिला मात्रै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा विवाद देखा पर्न थालेको छ । समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद छनौटमा विवाद देखिएको हो । 

सुनसरीका अध्यक्ष लालविक्रम थापाले आफ्नो पार्टीको समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा  विधि पद्धतिको अनुरशरण नगरेको आरोप लगाएका छन् । उनले बिहीबार सुनसरीमा धर्नामा सहभागी विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस