aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

युसिएमएसले बिरामीलाई अपाङ्ग बनाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ मंसिर २०७९
युसिएमएसले बिरामीलाई अपाङ्ग बनाउँदै

भैरहवा । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) भैरहवाले अप्रेसन गर्दा गलत ढङ्गले गरिदिँदा एक व्यक्ति समस्यामा परेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ निवासी रामजीयावन मिश्रको  १३ वर्षीय छोरा रुपक मिश्रको दाहिने हात अप्रेसनको क्रममा विगारेको हो । २०७६ असार २३ गते खेल्ने क्रममा घरको छतबाट लडका मिश्रलाई तत्काल उपचारको लागि भीम अस्पतालमा पु¥याइयो र युसिएमएस रिफर गरियो । 

त्यो समयमा युसिएमएसमा डा. प्रकृतिराज कँडेल र डा. किशोर श्रेष्ठको नेतृत्वमा हातमा रड राखियो । गत असोजमा रड निकायलिया हात बाँगो नै भएपछि काठमाडौंको बिएनबी अस्पतालमा उपचार गराउँदा अप्रेसन गर्दा बिगारेको र अर्को ठाउँबाट हड्डी पलाएको रिपोर्ट आएको पीडितका बुबा रामजीयावन मिश्रले बताए । 

युसिएमएस प्रशासनले हातमा थेरापी गरेपछि ठिक हुन्छ भन्दै आएको तर हातमा अर्को हड्डी पलाएकोले दुःखाइ बढ्दै गएको पीडितको भनाइ छ । पीडित मिश्रले पत्रकार सम्मेलन मार्फत क्षतीपूर्तिको माग गरेको र सहज रुपमा सुनुवाइ नभए कानूनी ढङ्गबाट अगाडि बढ्ने बताए । अहिले पीडित मिश्रको हात सहज रुपमा फोल्ड हुँदैन र दुखाई कम गर्ने औषधी नखाइ बस्न नसकिने अवस्थामा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस