aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

इभी नेपाल मोटर्सको नयाँ गाडी लन्च, नयाँ शोरुम उद्घाटन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ मंसिर २०७९
इभी नेपाल मोटर्सको नयाँ गाडी लन्च, नयाँ शोरुम उद्घाटन

काठमाडौं । एक विशेष कार्यक्रमका बिच बिहीवार काठमाडौको नक्शाल मा इभी नेपाल मोटर्सले नयाँ शोरुम उद्घाटन समारोह सम्पन्न गरी संचालनमा ल्याएको छ । बिगत लामो समयदेखि 2 wheelers विक्रिवितरण गर्दै आएको इभी नेपाल मोटर्सले 4 wheelers बाट अत्याधिक सेवा सुविधा दिलाउने उद्देश्य लिई उक्त शोरुम संचालनमा ल्याएको हो । 

इभी नेपाल मोटर्स एउटा उच्चस्तरीय अन्तराष्ट्रिय गाडी उत्पादक ब्राण्ड हो । यसले हाल WULING MOTORS अर्न्तगत PT SGMW MOTOR INDONESIA को लागी उक्त शोरुम संचालनमा ल्याउनुका साथै ईन्डोनेशियामा निर्मित 4 सिट क्षमता भएको, अमेरिकन G Motors को पनि लगानी रहेको Wuling air Ev Car लन्च गरेको छ इलेक्ट्रिक गाडी विभिन्न मोडेल र रंगहरुमा उपलब्ध रहेका छन् । 200/300km Millage रहेको 4 घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र 8 वर्ष warrenty सुविधा रहेको संसारकै बढी विक्रिमा परेको WULING EV TESLA पछी दोस्रो न. मा यसको बिकि भएको पुष्टि भएको छ । अब नेपालभरी नै EV Nepal Motors (Bajra Group) ले डीलर संजाल बढाएर बिकि वितरण गर्ने लक्ष्य राखेको छ । उक्त गाडी ड्राईभिङ्गमा आत्मविश्वास बढाउनुका साथै अति सुरक्षित, सुविधाजनक, आरामदायी र भरपर्दो रहेको कम्पनीले जनाएको छ ।

नेपाललाई धुवाँधुलो रहित बनाउने सोचका साथ अघि बढेको इ भी नेपाल मोटर्स ग्राहकहरुको माया र सन्तुष्टिले आज यहाँसम्म आइपुग्न र नयाँ शोरुमको थालनी गर्न सफल भएको कम्पनीले जनाएको छ । नक्शाल मा रहेको उक्त शोरुम बिहान 9:30 बजेदेखि बेलुका 6:30 बजेसम्म खुल्ला रहनेछ । 

प्रतिक्रिया दिनुहोस