काठमाडौं । यो निर्वाचनदेखि उदाएको जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । आज बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ ।
जनमत पार्टीले संघका लागि समानुपातिक नामको पनि टुङ्गो लगाएको छ । स्रोतका अनुसार आयोगमा पेस गरिएको समानुपातिक उम्मेदवारको बन्द सूचीअनुसार अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनीताकुमारी सिंह र गोमा सापकोटालाई समानुपातिक संसदमा चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस