aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

एमालेबाट आज समानुपातिक सांसदहरुको टुंगो लाग्ने

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, २३ मंसिर २०७९
एमालेबाट आज समानुपातिक सांसदहरुको टुंगो लाग्ने

काठमाडौ । नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो भोलि लगाउने भएको छ । नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए ।

नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ ।

प्रतिक्रिया दिनुहोस