aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

मधेश प्रदेशमा यस कारण शक्तिशाली छ सिके राउतको जनमत पार्टी

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, २३ मंसिर २०७९
मधेश प्रदेशमा यस कारण शक्तिशाली छ सिके राउतको जनमत पार्टी

पर्सा । मधेश प्रदेशमा जनमत पार्टीको हातमा सरकारको चावी हुने पक्का जस्तै भएको छ । सत्ता गठबन्धन र एमाले जसपा गठबन्धन मध्ये जनमत पार्टीको समर्थन जसलाई हुन्छ उसैको सरकार बन्ने पक्का भएको हो ।

जसपाका केन्द्रिय अध्यक्षलाई नै पराजित गरेको जनमत पार्टीले मधेश प्रदेशमा समानुपातिक तर्फ पनि जसपालाई पछि पार्न सफल भएको छ । तथापि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका कुल सिटमा भने मधेश प्रदेशको तेस्रो दल जनमत नभई काँग्रेस, एमाले पछि जसपा भएको छ । जसपाले जनमतको भन्दा २ सिट बढि ल्याएर कुल १६ पु¥याएको छ । जनमतका भने प्रत्यक्षका ६ र समानुपातिकका ८ गरी १४ सिट पाएको निर्वाचन आयोगको अन्तिम मत परिणामको तथ्याँकले पुष्टि गरेको छ । जसपाले प्रत्यक्षमा प्रदेश सभा तर्फ ९ सिट जितेको छ ।

प्रत्यक्ष ६४ र समानुपातिकका ४३ गरी कुल १ सय ७ सिट रहेको यो प्रदेशमा जुनसुकै दुई दल मात्र मिलेर सरकार बन्ने सम्भावना छैन । एमाले र काँग्रेस दुवले समान २३–२३ सिट पाएका छन् हुन् । प्रत्यक्षमा १५ सिट ल्याई सबैभन्दा ठूलो दरिएको एमालेले पनि समानुपातिक तर्फको मत परिणाम आउँदा काँग्रेससँगै समान हैसियतको पार्टी बन्न पुगेको छ । एमालेले यो प्रदेशमा समानुपातिक तर्फ प्रदेश सभाका ८ सिट मात्र ल्याउन सकेको छ । काँग्रेसले भने प्रत्यक्षमा १३ सिट र समानुपातिकमा १० सिट पाएको छ ।

लोसमा ७ र ३ गरी १० सिट सहित पाँचौं, माओवादी केन्द्र प्रत्यक्ष र समानुपातिक तर्फ ४–४ सिट ल्याई कुल ८ सिट सहित छैटौं दल बनेको छ । त्यसै गरी एकिकृत समाजवादी (एस) पार्टी ४ र ३ सिट सहित सात सिटका साथ सातौं दल बनेको छ । बाँकी ६ सिट भने स्वतन्त्रका छन् ।

प्रतिक्रिया दिनुहोस