aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

अंलंकार ज्वेलर्समा चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ मंसिर २०७९
अंलंकार ज्वेलर्समा चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ

धनुषा । चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छ । जनकपुर उपमहानगरपालिका ५ स्थित अंलंकार ज्वेलर्समा चोरी गर्दै गरेको अवस्थामा सोही उपमहानगरपालिका १५ कुवारामपुर बस्ने २५ वर्षीय संजित कुमार दास बिहीबार दिउँसो पक्राउ परेका छन् । 

चोरी गर्दै गरेको अवस्थामा फेला पारी पसल संचालकले नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको झोलाबाट चाँदीको जस्तो देखिने सेतो धातुको ब्रासलेट १ थान, पाउजु १ जोर, सिक्री २ थान, नियन्त्रित लागूऔषध नाईट्राबेट ९ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन प्लस १२ ट्याब्लेट, माईक्रो ल्याब्स ३ ट्याब्लेट  र कफि सेट १ थान फेला पारी बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस