
काठमाडौं । ट्विटरबाट हटाइएका कर्मचारीहरुले आफूहरुलाई काम नलाग्ने फोहरलाई जस्तै गरी कायर्मलयको जिम्मेवारीबाट हटाएको बताएका छन् । अमेरिकाको सानफ्रानसिस्कोस्थित ट्विटरको प्रधान कार्यालयमा सरसफाइको काम गर्ने कामदारहरूले तलब नदिइकनै बर्खास्त गरिएको गुनासो गरेको गु्नासो समेत गरेका छन् ।
केही समय अघि मात्र चालिस अर्ब अमेरिकी डलरमा ट्विटर किनेका एलन मस्कको टोलीले आफूहरूको काम अब यन्त्रमानव अर्थात् रोबोटले गर्ने जानकारी दिएको कर्मचारीहरुको भनाइ रहेको छ । आफूले ट्विटरको सम्पूर्णाधिकार किनेपछि मस्कले धमाधम कर्मचारी हटाउँदै आएका छन् ।
सानफ्रानसिस्कोका नगर कानुनी प्रतिनिधि डेडी चिउले कतै मस्कले श्रम सम्बन्धी कानुन त तोडेका छैनन् भन्नेबारे आफूले अनुसन्धान गरिरहेको बताएका छन् । यसबारे टिप्पणी गर्न बीबीसीले गरेको अनुरोधबारे ट्विटरले कुनै पनि प्रतिक्रिया जनाएको छैन ।
चिउले बीबीसीलाई भनेका छन्, “एलन मस्कले लामो समयदेखि श्रम कानुन उल्लंघन गरेको इतिहास छ । यदि अहिले पनि यस्तो भएको भए मलाई कुनै आश्चर्य हुने छैन । म ती कामदारहरूको मर्काबारे महसुस गर्छुं । हामीले यस मामिलामा थप छानविन गर्नेछौँ ।'
बीबीसीले सोमबार जागिरबाट निकालिएका चारजना सफाइ कामदारसंग कुरा गरेका हुन् । चार वर्षदेखि ट्विटरमा काम गर्दै आएकी एड्रियान्ना भिल्लारियलले आफुलाई अब क्रिसमसमा परिवारलाई के खुवाउने भन्ने चिन्ता लागेको दुखेसो पोखेकी छन् ।
प्रतिक्रिया दिनुहोस