aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

तीन दिनको मौसम पूर्वानुमानः तापक्रम घट्दै जाने संभावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ मंसिर २०७९
तीन दिनको मौसम पूर्वानुमानः तापक्रम घट्दै जाने संभावना

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी  भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  त्यस्तै, आईतबार देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।  

 सोमबार प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस