aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नाफामुखी बने बैंक तथा वित्तीय संस्थाहरु, सेवामुखी हुन अर्थमन्त्रीको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ भदौ २०७६
नाफामुखी बने बैंक तथा वित्तीय संस्थाहरु, सेवामुखी हुन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक पाँच अर्बभन्दा बढी नाफा गरेको भन्दै आगामी दिनमा नाफामुखीभन्दा सेवामुखी हुन आग्रह गरेका छन्।

बुधबार राजधानीमा राष्ट्रिय वाणिज्य बैंकका १४ वटा शाखा कार्यालयको डिजिटल प्रणालीबाट उद्घाटन गर्दै उनले आगामी दिनमा बैंकले प्राथमिकता क्षेत्र तोकेर लगानी गर्नुपर्ने र वित्तीय पहुँचका लागि वित्तीय साक्षरता अभियानमा जोड दिनुपर्ने सुझाए । बैंक तथा वित्तीय संस्थाहरुले नाफालाई मात्र जोड दिँदा बचतकर्ता मारमा परेको भन्दै उनले बचतकर्तालाई दिँदै आएको ब्याज प्रतिशत बढाउन र सहज तथा सस्तो कर्जा प्रवाह गर्न आग्रह गरे। वित्तीय संस्थाहरु स्वायत्त, स्वतन्त्र र प्रतिस्पधी हुनुपर्ने उनले बताए।

सोही अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले पुरानो सफ्टवेयरमा सेवाग्राहीलाई समस्या आउने गरेकाले बैंकको कारोबार ‘बैंकिङ कोर सफ्टवेयर’ प्रणालीमा अपग्रेड गर्नुपर्ने बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ‘क्लिन एन्ड स्मार्ट आरबिबी विथ कन्सोलिडेसन’ अभियान सञ्चालन गरेको जानकारीदिँदै अब बैंकको शाखा दुई सय ३६ पुगेको बताए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस