झापा । सङ्घीय सरकारको सहयोगमा बाह्रदशी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको छ । सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशतको लागतमा भवन निर्माण सुरु गरिएको हो । रु छ करोड १३ लाख ६१ हजार लागतमा निर्माण सुरु गरिएको हो । भवनको शिलान्यास गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईले गरे ।
दुई वर्षभित्र भवन निर्माण सम्पन्न गरिने प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले जानकारी दिए । बाह्रदशी गाउँपालिकास्थित वडा नम्बर ४ मा रहेको कृषि तथा पशु सेवा शाखा नजिकै भवन निर्माण सुरु गरिएको छ । भवन तीनतले रहने छ भने कोठा ४० वटा रहने भगवती÷नेपाल पूर्वाधार जेभीका सञ्चालक टेकबहादुर श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस