aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

प्रजातन्त्र कुलिन वर्गको नियन्त्रणमा, मुसहर र सुकुम्बासीको प्रतिनिधि अर्बपतिहरु आउन थाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ मंसिर २०७९
प्रजातन्त्र कुलिन वर्गको नियन्त्रणमा, मुसहर र सुकुम्बासीको प्रतिनिधि अर्बपतिहरु आउन थाले

काठमाडौं । पूर्वमहान्यायधिवक्ता डा. युवराज सग्रौलाले नेपालको जनतन्त्र कुलिनहरुको हातमा गइसकेको धारणा राखेका छन् । उनले नेपालमा निर्वाचन मार्फत निर्वाचित जनप्रतिनिधिको संरचना हेर्दा नेपालको प्रजातन्त्र कुलिन वर्र्गको हातमा गइसकेको बताए । निर्वाचन मार्फत सम्बन्धीत वर्गको प्रतिनिधित्व गराउन पर्नेमा कुलिन वर्गले शक्ति र पैसाको भरमा अर्बपतिहरु सुकुम्बासीको प्रतिनिधित्व गर्ने प्रणालीको विकास भइरहेको गुनासो गरे । 

नागढुंगाको टनेल निर्माणपछि मर्मत गर्ने प्राविधिक नेपालमा नभएको प्रा.डा सूर्यराज आचार्यले बताएका छन् । शनिबार काठमाडौंमा स्वनिर्भर तथा सामाजिक न्याय अभियानको उपत्यका भेलामा बोल्दै डा.  आयार्चले यस्तो बताएका हुन । भौतिक संरचनात्मक विकासलाई स्वनिर्भर बनाउन अब नेपालले कस्तो बाटो लिन पर्छभन्ने विषयमाथि प्रकाश पार्दै भौतिकपूर्वाधरका विज्ञ समेत रहेका डा आचार्यले नेपाललाई स्वनिर्भर बनाउन पहिला मनलाई स्वनिर्भर बनाउन जरुरी रहेको बताए । 

उक्त कार्यक्रममा बोल्दै अर्का विज्ञ डा शिवशंकर बस्यालले नेपालमा शिक्षालाई व्यापारीकरण गरेका कारण नेपालमा उत्पादित जनशक्ति विदेशमा निर्यात गर्न परेको बताएका छन् । उनले भने, नेपालको शिक्षा नीति प्लस टु परिक्षा दिएपछि विदेशमा जान तयारी गर्नका थाल्ने खोलको उत्पादन भइरहेको छ । नेपालको माटो सुहाउँदो शिक्षा नदिएका कारण नेपालको युवा शक्ति डिप्रेसनको सिकार भइरहेका छन् । नेपाललाई स्वनिर्भर बनाउनका लागि शिक्षा  नीतिलाई अमूल परिवर्तन गर्न पर्ने रहेको विचार राखेका थिए । 

विश्वभरी आज कुलिन वर्गले श्रमजिवी र गरिबलाई शोषण गर्ने खालको अर्थनीति निर्माण गरिदै गएको अधिवक्ता अमृत खरेलले बताए । विश्व बैंक, अन्तराष्टिय मुद्रा  कोष र विश्व व्यापार संगठनले गरिब देशहरुलाई कसरी कुण्ठित पार्न सकिन्छ भन्ने कानुनहरु बनाएर लागू गरिहेको उनले आरोप लगाए । शक्ति र पुँजी हुनेले गरिब जनताको सानो सानो पुँजीमाथि पनि अधिपत्य जमाने खालको नीतिका कारण विश्वभरी गरिब र धनीबीचको खाडल झन बढिरहेको उनले बताए ।   उक्त भेलाले शकिला क्षेत्रीको अध्यक्षतामा ६५ सदस्यीय स्वनिर्भर तथा सामाजिक न्याय अभियानको कमिटि समेत  बनाएको छ ।  


 

 

प्रतिक्रिया दिनुहोस