aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सेनाका पूर्व बलाधिकृत रथि महत मृ'त फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ मंसिर २०७९
सेनाका पूर्व बलाधिकृत रथि महत मृ'त फेला

काठमाडौं । नेपाली सेनाका पूर्व बलाधिकृत रथि बलदेवराज महत मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटारस्थित सिडी कोलोनीभित्र बस्दै आएका महत आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा आज फेला परेका हुन् । महतको शव परीक्षणका लागि त्रिवि  शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । महत नेपाली सेनाबाट पाँच वर्ष पहिले अवकाश भएका थिए ।

प्रतिक्रिया दिनुहोस