aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

यी हुन् मधेश प्रदेशसभामा मत ल्याएका १० दल, कुन दलका कति सांसद ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ मंसिर २०७९
यी हुन् मधेश प्रदेशसभामा मत ल्याएका १० दल, कुन दलका कति सांसद ?

काठमाडौं । मधेश प्रदेशसभामा १० राजनीतिक दलले प्रतिनिधित्व गर्ने भएका छन् । १०७ सदस्यीय यहाँको प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व हुने भएको हो ।

मधेश प्रदेशमा सबैभन्दा ठूलो दल बनेको एमालेले प्रत्यक्ष र समानुपातिकमा २३ सिट जितेको छ भने दोश्रोमा कांग्रेसले २२ सिट ल्याएको छ । त्यस्तै जसपाले १६ सिट जितेर तेश्रो र जनमत पार्टीले १३ सिट जितेर चौथो पार्टी बनेको छ । 

लोसपाले ९ सिट जितेर पाँचौं तथा माओवादी केन्द्रले ७ सिट जितेर छैटौं स्थान ल्याएको छ ।  राप्रपा, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकतर्फ एक–एक सिट पाएर मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका छन् । मधेस प्रदेशमा प्रत्यक्षतर्फ छ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । अघिल्लो मधेस प्रदेशसभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, लोससा, एकीकृत समाजवादीसहित आठ दलको प्रतिनिधित्व थियो ।

प्रतिक्रिया दिनुहोस