aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

डिशहोममा एक वर्षको रिचार्ज गर्दा भक्तपुरका दिपा तामाङले जितिन् नगद एक लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ मंसिर २०७९
डिशहोममा एक वर्षको रिचार्ज गर्दा भक्तपुरका दिपा तामाङले जितिन् नगद एक लाख

काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउनेछन् ।  

यसै क्रममा भक्तपुर मध्य ठिमी वडा नं. ६ का दिपा तामाङले एक लाख जितेकी छिन् । स्टोम नेटवर्क प्राली डिलर अन्तर्गत रहेको मध्यपुर डिसहोम सपका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर दिपा तामाङले लक्कि ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् । डिशहोमको तर्फबाट सेल्स अफिसर हरि केसीबाट पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।  
 

प्रतिक्रिया दिनुहोस