aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ मंसिर २०७९
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका १० हिलेटोलस्थित बाटोमा पार्किङ गरी राखेको अवस्थामा बा.प्र.०२-०२५ प. ६०११ नम्बरको मोटरसाइकलको तार सर्ट भई शनिबार राति आगलागी हुँदा नजिकै रहेको बा. ५८ प ७७६४ नम्बर र बा. ७७ प ४००१ नम्बरको स्कुटरमा समेत आगलागी भई ३ वटै सवारी साधन जलेर पूर्णरुपमा क्षति भएको छ । 

त्यस्तै, सप्तरीको डाकनेश्वरी नगरपालिका ७ अमरलती चोक बस्ने मुकेश साहले आफ्नै घरमा संचालन गरेको रेमिट्रान्स, ओम शान्ती ट्रेडर्स र ग्याँस पसलमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा नगद २ लाख, विभिन्न मदिरा, टिभी, ल्यापटप लगायतको सरसामान समेत गरी करिब १६ लाख ३७ हजार ३ सय रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।   

गोरखाको गोरखा नगरपालिका ९ लक्ष्मीबजार बस्ने जयराम पुडासैनीको घरमा शनिबार राति ग्याँस सिलिण्डर लिक भई आगलागी भएको भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।   

कास्कीको पोखरा महानगरपालिका ३० पावरहाउसस्थित राधाकृष्ण मन्दिरको प्राङ्गणमा पार्किङ गरी राखेको बागलुङ घर भएका २८ वर्षीय प्रकाश उपाध्यायको ध.२ प ५५८९ नम्बरको मोटरसाइकलमा गएराति आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोग आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस