कर्णाली । भदौको टन्टलापुर धाम। केही महिला असिनपसिन गर्दै पानीबाट धमाधम बालुवा बोकेर हुँडीमा थुपार्द छन्। कोही ईंडीमाथि राखिएको सोनाहा (जाली) ले बालुवाबाट ठूला ढुंगा अलग गर्दै छन् ।
कोहीचाहिँ मसिनो बालुवा थालमा हालेर बेस्सरी धुंदै छन्। बालुवा धोएपछि बाँसको कप्टेरो जस्तो ठग्नामा थोरै सुन भेटिन्छ । यसरी नै समूहसमूहमा रहेका सोनाहा समुदायका महिला कर्णालीको बालुवाबाट सुन संकलन गर्दै आएका छन् वर्षांदेखि। 'हामी पुस्तौदेखि नदीकिनारमा बालुवामा सुन खोज्दै आएका छौ ,' बालुवा धुन व्यस्त विष्णुमती सोनाहाले भनिन्, 'सोनाहाको मुख्य पेसा सुन खोज्नु र माछा मार्नु हो।' यो समुदायको मुख्य बसोबास कैलाली र बर्दियाको सीमावर्ती कर्णाली किनार हो।
'नदीबाट बालुवा झिकेर कुँडीमाथिको सोनाट्टामा थुपाछौं। सोनाट्टाबाट बचेको बालुवा हुँडीमा जान्छु, फूलमती सोनाहाले भनिन्, 'डुडीमा थुपारिएको बालुवालाई बेस्सरी धुन्छौं। बचेको थोरै बालुवा र पानी ठग्नामा हालेर हल्लाएपछि सुन भेटिन्छ।' उनीहरू दिनभर समूहमै बालुवा छान्छन्। केही रातों र मसिनो बालुवामा सुन भेटिने उनीहरू बताउँछन् ।
रमा सोनाहाले सुन नपाए भोकै बस्नुपर्ने बताइन्। उनले भनिन्, 'दिनभरि सुन चाल्छौं। साँझ बेच्छौं । त्यही पैसाले खाद्यान्न किनेर गुजारा चलाइरहेका छौं। सुन खोज्ने एउटा समूहमा सातजनासम्म हुन्छन्। एउटा समूहले दिनभरमा २५ देखि ५० लालसम्म सुन जम्मा गर्छ। स्थानीय जनक सोनाहाले समूहमा निकै मेहनत गरेर सुन चाले पनि खरिद गर्ने एजेन्टले सस्तोमा लिँदा गुजारा गर्न समस्या रहेको बताए। 'समूहमा ५० लालसम्म सुन जम्मा गरे पनि व्यक्तिगत रूपमा कम हून्छ उनले भने ‘पहिलेपहिले सुन भेटिए पनि मूल्य थिएन । अहिले मूल्य छ तर सुन निकै कम भेटिन्छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस