aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

इंडियन आर्मी बनाईदिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ मंसिर २०७९
इंडियन आर्मी बनाईदिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

मोरङ । इंडियन आर्मी बनाईदिन्छु भनी करिब २ करोड रूपैयाँ ठगी गरेको अभियोगमा पथरीशनिश्चरे नगरपालिका(३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिङ तामाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

तामाङले करिब २५ जना ब्यक्तिहरुलाई इंडियन आर्मी बनाउँछु भनि जनही ५ देखि ६ लाख उठाई उक्त रुपैयाँ ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस