aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

असोज १२ गतेदेखि लागू आचारसंहिता आजबाट हट्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ मंसिर २०७९
असोज १२ गतेदेखि लागू आचारसंहिता आजबाट हट्दै

काठमाडौं । निर्वाचन आयोगले असोज १२ गतेदेखि जारी गरेको आचारसंहिता हटाएको छ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पै्रक्रिया अन्तिम चरणमा पुगेका बेला आयोगले जारी गरेको आचारसंहिता हटाएको हो । 

आयोगले आइतबार विज्ञप्ति जारी गरी सोमबारदेखि निर्वाचन आचारसंहिता लागू नरहने जानकारी दिएको छ ।

आयोगले ​नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा यसबारे जानकारी गराएको जानकारी दिएको छ ।  

प्रतिक्रिया दिनुहोस